Blogger
KHAGENDRA PRASAD BASHYAL
On Blogger since: November 2009
Profile views: 331

My blogs

Blogs I follow

About me

LocationManigram, (Butwal) Rupandehi, Nepal
Introductionखगेन्द्रप्रसाद बस्याल (जन्म २०१६),निजामती कर्मचारी तथा साहित्यकार पश्चिम नेपालको मणिग्राम,रुपन्देहीमा बसोबास गर्छन् । पाल्पा जिल्लाको खानीगाउँ गाबिस, दैलातुङ्ग फाँटमा जन्मेका उनी मणिग्रामको रमाइलो गाउँमा हुर्केबढेका हुन् । मणिग्रामकै श्री गीर्वाण संस्कृत तथा साधारण माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पूरा गरेका हुन् । मणिग्राम र काठमाण्डौंमा पढेका बस्याल ३० को दशकको अन्त्यतिर काठमाण्डौंमा पढाउँथे । ४० को दशकको शुरुवातसँगै उनी नेपालको निजामती सेवामा प्रवेश गरेका हुन् । हाल उनी जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा शाखा अधिकृत छन् । उनी साहित्यतर्फ पनि उत्तिकै सकृय छन् । मिलन, सोपान, पुष्पाञ्जली, पाल्हीनन्दन, छुनामुनाजस्ता आधा दर्जनबढी पत्रिका तथा म्यागाजिनको सम्पादन गरिसकेका छन् बस्यालले । उनको २०४९ मा “दैलातुङ्ग फाँटबाट शुरु भएको यात्रा” गजलसंग्रह प्रकाशित छ । गजल लेखनको इतिहासमा ४० को दशकमा प्रकाशित निकै कम गजलकृतिमा उनको उक्त संग्रह पर्छ । उनका गजल, कविता, हाइकु, अनुसन्धानात्मक लेख, हाँस्यब्यङय, कथा स्थानिय स्मारिका र पत्रपत्रिका बाहेक कान्तिपुर, गोरखापत्र, नेपाल समाचारपत्र, साप्ताहिक, मधुपर्क, मिर्मीरे आदिमा प्रकाशित छन् । बस्याल साथीभाइ र शुभेच्छुकका फोन (०७१–६९३५०८) इमेल (basyalforever@gmail.com) र एस्एम्एस् (९८४७१४६४३७) पढ्न रुचाउँछन् ।
Google apps
Main menu