Blogger
<b>आशा गुरुङ</b>
On Blogger since: June 2009
Profile views: 1,863

My blogs

Blogs I follow

About me

GenderFemale
LocationNepal
LinksAudio Clip
Introduction



नमस्ते! मेरा सम्पूर्ण मित्रहरु अनी तपाईंहरु सबैलाई मेरो ब्लगमा हार्दिक स्वागत छ। मेरो भावनाहरु,मेरो मिठा नमिठा अनुभबहरु जानिनजानि शब्दहरुमा पोखी तपाईंहरुसँग बाँड्ने जमर्को गरेकी छु। यो मेरो विल्कुलै पहिलो प्रयास हो यो ईन्टरनेटको माध्यमबाट त्यसैले मेरा लेखहरुमा थुप्रै कमजोरीहरु हुनसक्छन् र सगै विश्वाश पनि दिलाउन चाहन्छु कि तपाईंहरुको यस्तै साथ्,सुझाब र प्रतिकृयाहरु पाइरहे म अबश्य पनि मेरो कलमको यात्रालाई समयसगैं अझै तिखार्दै लैजानेछु।
सबै मित्रहरुलाई मेरो सानो अनुरोध छ यदि मेरो रचनाहरुमा कतै सुधारहरुको खाँचो भए कृपया निस्चिन्त तपाईंका मनमा लागेका तितामिठा शब्दहरु लेखिदिनुहोला जसको मलाई मेरो आगामी दिनहरुमा निरन्तर जरुरत रहनेछ भन्दै तपाईंहरु सबैलाई मेरो ब्लगमा भ्रमण गर्ने रुचि देखाउनु भएकोमा कृतज्ञता ब्यक्त गर्दै यो सानो भावना जाहेर गरेकी छु मित्रताको नाममा-
अपरिचित थियौ हिजो हामी आ-आफ्नै दुनियाँमा कुनै बेला
आज भयौ साथी मनको,बनायौ चौतारी भलाकुसारीको
संसारको कुना कुना देखि ईन्टरनेटको सन्जाल्सगैँ
साट्यौ बहहरु एकआपसमा,खुम्चिएका रहरहरु शब्दमा ओकल्दै
कहिले नछुटोस यी हातहरु मित्रताको भाबहरुसगैँ
अबिरल बगिरहोस् नदी झै यी साथहरु समयको बहावसगैँ
सम्झना सधैं रहिरहोस् अमर,मित्रताको त्यो ननिभ्ने दियोसगैँ ।
Google apps
Main menu