Ketaketi News Monthly

My blogs

Blogs I follow

About me

Industry Publishing
Occupation Journalism
Location Kathmandu- 7, Kalopul, Kathmandu, Nepal
Introduction केटाकेटी न्युज मासिक बालपत्रिका हो । यो पत्रिका वि.स. २०६१ (आ. व. २०६१/०६२) मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रकाशन हुन थालेको हो । यसको दर्ता नं. १६ हो । यो पत्रिका बालबालिकाको सिर्जनशीलता बढाउन र बालसाहित्यको प्रवर्धनका लागि समर्पित पत्रिका हो । यस पत्रिकाको कानुनी सल्लाहकार ओम प्रकाश थापा, प्रधान सम्पादक कार्तिकेय, वरिष्ठ सम्पादक महेश पौड्याल, सम्पादक कृष्णप्रसाद घिमिरे र सहसम्पादकहरू लक्ष्मीप्रसाद बास्तोला, बैरागी जेठा र ऋषिराम पाण्डे हुन् । यसको प्रकाशक केटाकेटी मिडिया प्रा. लि. हो । समाजका पिछडिएका र अवसरबाट वञ्चित बालबालिकाको आवाजलाई स्थान दिई उनीहरूको विचारलाई पहिलो प्राथमिकताका साथ यो पत्रिकाले स्थान दिदै आएको छ । त्यस्तै यही वर्षबाट समाजमा विभिन्न कठिन परिस्थितिमा जीवन निर्वाह गर्दै संघर्ष गर्दै अघि बढेर प्रतिभावान् हुन सफल ५ जना बालप्रतिभालाई केटाकेटी बालप्रतिभा पुरस्कार पनि दिन सुरु गरिएको छ । यसरी निरन्तर बालमैत्री समाजको निर्माणमा सक्रिय यस पत्रिकालाई सल्लाह, सुझाव र खुराक दिई स्तरीय बालप्रकाशन बन्न सहयोग गर्नुहोस् भनी हामी सबैसँग आब्हान गर्दछौं । हाम्रो ठेगाना सम्पादक, केटाकेटी न्युज मासिक, पो. ब. नं. २५८५९ काठमाडौं / इमेल ketaketinewsmonthly@gmail.com हो ।