बसन्त कुमार श्रेष्ठ

My blogs

About me

Gender Male
Location Nepal
Introduction म एकदम साधारण किसानको छोरा हुँ । काठमाडौंदेखि झन्डै ११० किलो मिटर टाढा सिन्धुपाल्चोक जिल्लाको जेठल गाविस वडा नं-९ मा मेरो जन्म ०३६-१२-१५ गते भएको हो । चार दिदी बहिनी २ दाजुभाइ मध्य म कान्छा भाई हुँ । म भन्दा तल दुई बहिनीहरु छिन् । बच्चै देखि साहित्यप्रति अगाध प्रेम थियो । खुब लेख्थे कविता,कथा,मुक्तक आदि । ०५३ सालमा एस.एल.सी दिए । लगभग २ -४ किताब निकाल्न पुग्ने रचना तयार थियो तर आर्थिक कारण सम्भव हुन सकेन । केही समय स्कुल पढाउन गाउँ फर्के । प्राइभेट जाच दिदै थिए तर राजनीति कारणले मैले स्कुल छाडे । काठमाडौं फर्केपछि व्यापारमा हात हाले । पढाइ स्नातक तह चल्दै थियो तर ०६०-०७-२८ गते मेरो दिदीको असमायिक निधन पछि म टुटे । म मानविय सेवा गर्न अत्यन्तै मन पराउछु । जब सानो सहयोगले दीन हिनको मुहार चम्कन्छ म त्यसै पुलकित हुन्छु । त्यस बाहेक मेरो शोख फोटोग्राफी पनि हो प्राय:प्राकृतिक मनोरम छटालाई लेन्ससगै कैद गरी नेपाल धेरै सुन्दर छ भन्ने विश्वमा सन्देश फैलाउने भित्री इच्छा छ । बाँकी साहित्य त छदैछ ।