साहित्य सिर्जना

My blogs

About me

Introduction सिर्जना एउटा साहित्यको,सिर्जना एउटा प्रयोगको,सिर्जना एउटा आफ्नोपनको|नेपाली भाषा र साहित्यको उत्थानको लागी एउटा सानो प्रयास हाम्रो । सुचना र प्रबिधिको यो २१ औ यूगमा इ-साहित्यले संसारका हरेक कुनामा आफ्नो भाषा र साहित्य सँग परिचित गराएको स्थितिमा,हाम्रो आफ्नो नेपाली कला,भाषा,संस्कृती र साहित्यको उत्थान र बिकाशको लागी यो ब्लगको निर्माण गरिएको हो| थोपा थोपा मिलेर नदि,नदि नदि मिलेर समुन्द्र अनी समुन्द्र,समुन्द्र मिलेर सागर बनेझै हाम्रो सानो प्रयास थोपाको रुपमा नै भए पनी, नेपाली साहित्यिक क्षेत्रमा टेवा पुर्याउनु हो | विश्व साहित्यले धेरै गती लिइरहेको स्थितीमा हाम्रो नेपाली साहित्य राम्रो भएर पनी प्रचार प्रसारको कमीले गर्दा अझै सतहमा नै रहेको छ| त्यसैले हाम्रो आफ्नो कला.साहित्य र सस्कृतीको जगेर्ना र प्रचार प्रसार गर्नु नै हाम्रो ब्लगको प्रमुख उधेश्य हो |पहिचान हाम्रो आफ्नोपन को,परिचय हाम्रो सस्कृतीको,प्रचार हाम्रो साहित्यको| | "आउनुस अब केही गरौ,हातमा हात मिलाएर अघी बढौ" तपाईहरु को सानो सानो सहयोगले पनी नेपाली साहित्य लाई विश्वसामु चिनाउने छ ...........