अन्तरङ्ग
My blogs
| Industry | Communications or Media |
|---|---|
| Location | Besishahar, Lamjung, Gandaki, Nepal |
| Introduction | हाम्रो प्रकाशन प्रारम्भ मुलुकमा लोकतन्त्रको स्थायित्व, संस्थागत विकासका लागि सचेतना जागृत गर्दै जनमत तयार गर्न, नागरिक समाजमा सुशासनको आवश्यकता, औचित्य र उपादेयताका बारेमा सुुसूचित गर्दै सरकारी तथा गैरसरकारी क्षेत्रलाई खबरदारी गर्न, राष्ट्रियताको पक्षपोषणका लागि आवश्यक सबै गतिविधिलाई उजागर गर्दै सचेतना फैलाउन, नागरिक समाजलाई नेपालीपनप्रति गर्व गर्न सक्ने जनमत तयार गर्न, त्यसका लागि मौलिक संस्कृति, कला, साहित्यको खोज, संरक्षण र प्रबद्र्धनका कार्य गर्न, मुलुक र नागरिक समाजको समृद्धिका लागि सुशासनको प्रत्याभूति हुने आवश्यकताको बोध गराउने (सुशासन घाम हो भने समृद्धि उज्यालो, जसरी घाम उदाएपछि उज्यालोलाई कसैले रोक्न सक्दैन, त्यसरी मुलुकमा सुशासनको प्रत्याभूति हुन सक्ने हो भने समृद्धि पनि स्वतः हुने छ, कसैले चाहेर पनि रोक्न सक्ने छैन) अवधारणाको अभिवृद्धि गर्ने उद्देश्यका साथ भएको हो । यी सबै विषयवस्तुको आजका दिनमा पनि उत्तिकै खाँचो रहेको हाम्रो अनुभव छ । हामी लोकतन्त्र, सुशासन, राष्ट्रियता, नेपालीपन, मौलिक संस्कृति, कला, साहित्यको पक्षपोषण गर्न चाहनुहुने सबै– सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रण दोहोर्याउँछौँ । |

