साहित्य संसार

My blogs

About me

Links Audio Clip
Introduction संसार डट कम www.sahityasansar.com साहित्यिक मनहरूको संसार हो । मुलत देश बाहिर रहनु भएका नेपाली साहित्यप्रेमीहरूलाई लक्षित गरेर सन् २००९मा यो अनलाइन साहित्यिक पत्रिका स्थापित भएतापनि कालान्तरमा डायोस्पोरिक साहित्य मात्र नभई देश भित्र तथा बाहिर हुने सबै किसिमका साहित्यिक गतिबिधिको जानकारी तथा रचनाहरूको संकलन भण्डारको रुपमा विकसित हुदै आइरहेको छ । सूचना र प्रविधिको व्यापकतासँगै नेपाली भाषा साहित्यलाई इन्टरनेटमा सहजताका साथ उपलब्ध गराउन र संसारभरी छरिएका भाषा साहित्यप्रेमीहरू माझ पुर्याउन साहित्यसंसार एउटा सानो माध्यम हो । यसभित्र श्रष्टाका सिर्जनाहरूका साथसाथै साहित्यिक गतिबिधिका सुचना, जानकारी, श्रव्य दृश्य लगायत सबै प्रकारका सामाग्रीहरू पस्कने जमर्को गरेका छौं । साहित्य संसार साहित्यिक मनहरूको आफ्नै संसार हो । यसर्थ तपाईं यसको सदस्य भई आफ्ना रचनाहरू प्रकाशन गर्न र सुरक्षित राख्न सक्नुहुनेछ । यहाँ सैयौं लेखकका हजारौं सिर्जनाहरू संग्रहित रहेका छन । आफ्ना रचनाको साथमा कुनै पनि साहित्यिक गतिबिधिका सूचना समाचार छन भने हामीलाई यो इमेल ठेगाना(info@sahityasansar.com)मा पठाउनुस ।